कावासोतीको कालीगण्डकी अस्पताल र सञ्चो मेडिकलले अनुमति नलिई आरडिटी परीक्षण गरेको प्रमाणित


कावासोती । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले कावासोती नगरपालिका भित्र रहेका मेडिकल तथा अस्पतालहरुमा अनुगमन गरेको छ ।
कावासोतीमा रहेका मेडिकल तथा अस्पतालहरुले अनुमति वेगर आरडिटी परीक्षण गरेको घटना बाहिर आएपछि अनुगमन गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए ।




कावासोतीमा रहेको मेडिकल तथा अस्पतालहरुमा गरिएको परीक्षणमा २ वटामा भने आरडिटी परीक्षण गरिएको पाइएको चापागाईले बताए ।
चापागाईका अनुसार कालीगण्डकी अस्पतालमा केही आरडिटी किट स्टक पाइएको र डण्डाको सञ्चो मेडिकलले आरडिटी परीक्षण गरेको पाइएको हो । ति दुई वटा अस्पताल र मेडिकललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासनमा सिफारिस गरिएको उनले बताए ।







सम्बन्धित
Loading...