कावासोतीमा एक जना कोरोना संक्रमितको निधन




कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।




https://www.youtube.com/watch?v=v0-lOWDtoZg&t=88s

निमोनियार र स्वासप्रस्वास समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।



सम्बन्धित
Loading...