पत्रकारसँग आक्रामक बन्दै कावासोतीका ट्याक्टर व्यवसायी, पत्रकारको खेत जोत्ने ट्याक्टरलाई १५ हजार जरिवाना


  • सविता थापा –


नवलपुर । पूर्वी नवलपरासीको कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
नदीदोहनका सामाचार लेखेको, पत्रकारहरुले सुराकी गरेर ट्याक्टर समाइदिएको, समाचार लेख्दा शिर्षक बंग्याएर हाल्ने गरेको भन्दै कावासोतीका ट्याक्टर व्यवसायीहरु कावासोतीका पत्रकारहरुसँग आक्रामक रुपमा लागेका हुन् ।
नवलपुर ट्याक्टर व्यवसायी समितिका अध्यक्ष शिव गिरीले पत्रकार रामकुमार श्रेष्ठ लगायतका केही पत्रकार र कावासोती १६ का ५ जना स्थानीयका खेत जोत्न कसैलाई पनि जान नदिने गरी उपसमितिले निर्णय गरेको बताए ।

https://www.youtube.com/watch?v=wvNjxjR2ke8




उनले भने निर्णय भएको मैले पनि थाहा पाए । समाचारमा शिर्षक बंगाएर हाल्न नहुने थियो । त्यसै कारण रामकुमार श्रेष्ठ लगायतका पत्रकारहरुलाई वायोस गरेर जाने निर्णय गरिएको हो ।
ट्याक्टर व्यवसायीको कावासोती स्तरको उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ, सालिकराम कोइरालाको खेतबारी नजोत्ने र जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
पत्रकार रामकुमार श्रेष्ठले आफ्नो बारीमा तोरी लगाउनका लागि ४ दिनदेखि ट्याक्टर बोलाएको भए पनि सबै ट्याक्टरले आलटालगर्दै आएको र पछि बुझ्दै जाँदा त्यस्तो निर्णय भएको थाहा पाएको बताए ।

https://www.youtube.com/watch?v=-2saA-5ZMiw&t=35s

त्यसैगरी कावासोती १६ का ५ जना स्थानीयले ट्याक्टरले खोलाबाट नदीजन्य वस्तुको चोरी गरेको प्रहरीलाई थाहा दिएर ट्याक्टर समाइदिएको भन्दै ति ५ जनाको खेत पनि जोत्न नजाने निर्णय गरेका छन् ।
कावासोती १६ का वडा अध्यक्ष एकादत्त वस्तीले कावासोती १६ का पाँच जना स्थानीय किसानहरुले ट्याक्टर व्यवसायीले आफूहरुको खेत जोत्न प्रतिबन्ध लगाएको भन्दै गुनासो गरेको बताए । वडा अध्यक्ष वस्तीले भने – यस विषयमा मैले नवलपुर ट्याक्टर समितिको अध्यक्ष शिव गिरीलाई समस्या हल गर्न आग्रह गरेको छु ।
कावासोती १६ मा दुर्गा गिरी, अम्मर गिरी, तिर्थ पौडेल, मनि सुवेदी लगायत ५ जनाको खेत नजोत्ने निर्णय ट्याक्टर व्यवसायीले गरेका छन् । टयाक्टर व्यवसायीले यदि कसैले जोत्न गए जोत्न जाने ट्याक्टरलाई १५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय समेत गरेका छन् ।



सम्बन्धित
Loading...