धादिङका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
धादिङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। नेत्रावती डब्जोङ गाउँपालिका५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
https://www.youtube.com/watch?v=wvNjxjR2ke8
मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ, ५८ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।
लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।