पत्रकारलाई अमर्यादित व्यवहार गर्ने ट्याक्टर उपसमितिलाई कारवाहीको माग
कावासोती । नदी दोहनको समाचारको विषयलाई लिएर नवलपुर ट्याक्टर समिति अन्र्तगतको कावासोती उपसमितिले यस बिषयमा समाचार लख्ने पत्रकारद्वय शालिकराम कोइराला र रामकुमार श्रेष्ठलाई गरेको व्यवहार प्रति नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटद्वारा जारी विज्ञप्तिमा –‘उपसमितिका पदाधिकारीहरुलाई आउँदा दिनमा समाचारको बिषयलाई लिएर पत्रकारको पत्रकारितामाथि धाबा बोल्ने र पेशाप्रतिको ईमानदारिता र कर्तब्यप्रति औंला उठाउनु सिगों पत्रकारिता प्रतिको अपमान हो भन्ने महासंघको ठहर छ ।’ भनि उल्लेख गरिएको छ ।
https://www.youtube.com/watch?v=wvNjxjR2ke8&t=4s
पत्रकार महासंघ नवलपुरले पत्रकारिताप्रति लगाब राखेर पत्रकारिता गर्ने पत्रकारहरुलाई गरिने यस्ता ब्यबहारले पत्रकारिता पेशाप्रति नकरात्मक भ्रम सिर्जना गर्ने कार्य कोही कतैबाट नहोस् भन्ने माग समेत गरेको छ ।
विज्ञप्तिमा ट्याक्टर उपसमितिका अध्यक्ष लगायतलाई आईन्दायस्तो हर्कत नदोह्याउन महासंघले ध्यानाकषर्ण गराउँदै कानुन हातमा लिई संचारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न महासंघ सम्बन्धीत निकायको माग समेत गरेको छ ।
कावासोतीको कृष्ण गिरीको अध्यक्षतामा रहेको ट्याक्टर उपसमितिले कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ, सालिकराम कोइराला र ट्याक्टर पक्राउ गर्न सुराकी गरेको भन्दै कावासोती १६ का ५ जना स्थानीयको खेत नजोत्ने र कुनै पनि ट्याक्टर गए १५ हजार जरिवाना गराउने निर्णय गरेको थियो ।
खोला दोहन गर्न पाउनुपर्छ भन्ने कावासोती उपसमितिका अध्यक्ष कृष्ण गिरीले आज त्यस्तो निर्णय नै नगरेको भनि स्यालभाका फेरेका छन् ।
पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले आफूले नवलपुर ट्याक्टर समितिका अध्यक्षसंग यस विषयमा कुरा गर्दा पत्रकारहरुसँग बढ्दै गएको दुरी र द्वन्द्व समाधानका लागि वार्ता टोली नै बनाएर छलफल गरिने बताएको अध्यक्ष रानाभाटले बताए ।
प्रेस युनियनको पनि आपत्ति
नदीजन्य वस्तुको दोहन गरेको विषयलाई लिएर लेखिएको समाचारकै आधारमा पत्रकारलाई सुराकी गरेको जस्ता आरोप लगाएर ट्याक्टर समितिले गरेको अभद्र व्यवहारप्रति नेपाल प्रेस युनियन नवलपुरले पनि आपत्ति जनाएको छ ।
नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा कानुन हातमा लिई संचारकर्मी उपर अवान्छित र अमर्यादित व्यवहार गर्नेहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गरिएको छ ।
https://www.youtube.com/watch?v=-2saA-5ZMiw&t=609s
