तुलसीपुर १३का वडा अध्यक्षको निधन




दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको निधन भएको छ । ६५ बर्षीय न्यौंपानेको शुक्रवार विहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा उनका बाटोमै मृत्यु भएको छोरा पोषण न्यौंपानेले जानकारी दिए ।
छोरा पोषणका अनुसार उनलाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट उपचार पछि घर गएका थिए । त्यस पछि घरमै वडाध्यक्ष न्यौंपानेले आराम गर्दै आएका थिए । शुक्रवार विहान अलि अप्ठेरो हुन थालेपछि बुवालाई गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छोरा पोषणले जानकारी दिए । स्थानीयका बीच निकै लोकप्रिय वडाध्यक्ष न्यौंपाने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसवाट अत्यधिक मतसहित निर्वाचित भएका थिए ।



सम्बन्धित
Loading...