डा. गोविन्द केसी: १९ औँ अनशन २८ औँ दिनमा तोडियो
अनशनरत डा गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिमा हस्ताक्षर भएसँगै आज बिहान १० बजेतिर उनले आमरण अनशन अन्त्य गरेका छन्।
गएराति महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले सहमतिमा हस्ताक्षर गरेका थिए।
https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA
२८औ दिनमा अनशन तोड्ने क्रममा उनले विकास नेपालीको हात बाट जुस पिएको डा. तोसिमा कार्कीले जानकारी दिएकी छन्।
विकास नेपाली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सरसफाइ कर्मचारी हुन्।
हालै उनी कोभिड १९ सङ्क्रमित भएर निको भएका बताइएको छ।
केसी निकट भनेर चिनिएकाहरूले पछिल्लो सहमतिमा उनले उठाउँदै आएका विभिन्न माग सम्बोधन गरिएको र अब त्यसको कार्यान्वयनमा ध्यान दिइनुपर्ने बताएका छन्।


