विप्लवका विद्यार्थीले नवलपुरमा गरे श्रमदान

156







नेत्र विक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति, नवलपुरले जनताको घर आगनमा पुगेर जनश्रमदानलाई तिव्रता दिएको छ।

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सहित दश जना विद्यार्थीको सक्रिय सहभागीतामा एक  किसानको चार कठ्ठा जग्गामा धान काटेर श्रमदान गरेको उक्त संगठनले जनाएको छ।

अन्य विद्यार्थी संगठन सहर केन्द्रित भइरहँदा  उक्त संगठन भने कोभिड-१९ को समयमा विद्यालय बन्द भएको अवस्थामा गाउँ/ नगर सांगठनिक अभियानमा जुटेको हो। सात महीना सम्म देश कोरोनाले थलिँदा विद्यार्थीले विद्यालयमा पढे,सिकेको जीवन व्यवहारमा लागु हुन नसकेकाले पनि शिक्षालाई श्रम र सिर्जनसिलतामा जोड्नुपर्ने अनिवार्य आवश्यकता भएको उक्त संगठनका संयोजकले दावी गरे।

पछिल्लो समय अखिल (क्रान्तिकारी), नवलपुरले गाउँ/टोलमा संगठन निर्माण गर्ने, कोभिड-१९ को समयमा विद्यालयबाट बन्चित भएका विद्यार्थीलाई नि:शुल्क कम्युनिटी कक्षा संचालन गर्ने, जनश्रमदान गर्नुका साथै भ्रष्टाचार, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार, समाजिक विकृति विसंगति बिरुद्ध समेत प्रदर्शन गर्दै आएको छ।

You might also like
Loading...