नवलपुरमा आज ५८ जना संक्रमित थपिए




पूर्वी नवलपरासी जिल्लामा आज थप ५८ जनामा कोरोना संक्रमण देखिएका छ । जिल्लाको कावासोती नगरपालिका देवचुली नगरपालिका, र हुप्सेकोट गाउँपालिकामा गरी आज ५८ जनामा संक्रमण देखिएको हो ।

आज कावासोती नगरपालिकाका ५२ जना, देवचुली नगरपालिकामा आज थप ४ जना, हुप्सेकोट गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।




https://www.youtube.com/watch?v=qiByXR0Aao0

नवलपरासीपूर्वमा अहिलेसम्म १ हजार २ सय ५१ जनामा कोरोना संक्रमण देखिएकामा ८ सय १० जना संक्रमणमुक्त भइसकेका छन् ।

अहिले नवलपुरमा ४ सय २६ जना सक्रिय संक्रमित रहेका छन् ।

केही संक्रमितको नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा अधिकांश संक्रमित होम आइसोलेशनमा रहेका छन् ।

नवलपुरमा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भई १० जनाको मृत्यु भएको छ । जिल्लाको गैंडाकोट नगरपालिकाका ३, देवचुली, मध्यबिन्दु र बिनयी त्रिवेणीका २/२ जना तथा कावासोती नगरपालिकाका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरपूर्वले जनाएको छ ।

https://www.youtube.com/watch?v=CQxYEaRBq5s



सम्बन्धित
Loading...