बर्दघाटमा जोर विजोर प्रणालीमा कक्षा सञ्चालन हुने





बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरभित्र कक्षागत जोरबिजोर प्रणालीबाट कक्षा संचालन हुने भएको छ ।
विहीवार सामुदायिक र संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकहरुको प्रतिनिधिमूलक बैठक र कार्यपालिकाको पूर्व निर्णयानुसार कार्तिक १६ बाट कक्षा संचालन हुने भएको हो ।
नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ईन्द्र कुवँरले जोरबिजोर प्रणालीबाट बिद्यार्थीहरुका संख्या आधा आधा हुने भएको हुदाँ सो निर्णय लिइएको बताए ।
यसै बिषयमा नगरपालिकाले सुचना समेत जारी गरेको छ । कोरोना भाईरस महामारीको कारण देखाउँदै गत असोज २८ गते बाट कक्षा स्थगन गरिएको थियो । यस अघि कोरोना भाईरस संक्रमण दर बढेको भन्दै संस्थागत तथा सामुदायिक विद्यालयमा भैरहेको शिक्षणसिकाई क्रियाकलापमा रोक लगाईएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा संचालन गर्न अनुरोध गरिएको जनाए ।




सम्बन्धित
Loading...