राष्ट्रिय जनमुक्ति पार्टीको दुई प्रदेशको संयुक्त वैठक कावासोतीमा

178







कावासोती। राष्ट्रिय जनमुक्ति पार्टी गण्डकी र लुम्बिनी प्रदेश समितिको सँयुक्त बैठक कावासोतीमा बसेको छ ।

पूर्वी नवलपरासीको कावासोतीमा भएको वैठकले दुवै प्रदेशमा कोरोनको महामारीबीच स्वास्थ्य सतर्कता अपनाइ संगठन निर्माण तथा विस्तारका लागि अभियान थाल्ने निर्णय गरेको छ ।

बैठक पार्टीको पश्चिम ब्युरो इन्चार्ज तथा पार्टी सँगठन बिभाग उपप्रमुख केबी पुनको अध्यक्षता र पार्टीका महासचिव केशव सुर्यबँशीको प्रमुख आतिथ्यता भएको थियो ।

बैठकले बर्तमान कोरोना महामारी सँक्रमणबाट बच्ने र बचाउने उपायहरु अपनाउँदै आगामी मँसिरदेखि २५ दिने अभियान थालनी गर्ने निर्णय गरेको छ । मँसिर १५ देखि पौष १० सम्म सञ्चालन हुने यस कार्यक्रम अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लामा पार्टी सदस्य र कृयाशील सदस्यहरुको लगत सँकलन गर्ने , जनसँगठन निर्माण तथा बिस्तार गर्ने, कार्यकर्ता तथा नेता भेटघाट कार्यक्रम गर्ने आदि जस्ता कार्य सम्पन्न गरिने पार्टीका उपमहासचिव टोप अस्लामीले जानकारी दिए ।

यस अभियानमा केन्द्र, प्रदेश र जनसँगठन प्रतिनीधिहरुले नेतृत्व गर्ने पनि उनले जानकारी दिए ।

बैठकमा सँघीय परिषदका पदाधिकारी तथा जनसँगठन प्रमुखहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीको ब्यवस्थापनमा बैठक भएको हो ।

त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टी पुर्बी नवलपरासीको अगुवा नेता कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम मंगलबार भएको थियो ।
पार्टी जिल्ला अध्यक्ष तिल बहादुर झेँडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी महासचिव केशव सुर्यबँशीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरुले पार्टीका बारेमा जिज्ञासा , सल्लाह तथा सुझाव राखेका थिए भने महासचिव केशव सुर्यबँशी मगरले जिज्ञासाहरुको उत्तर दिएका थिए ।

यस्तै कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी युवाहरुले जनमुक्तिमा प्रबेश गरेका थिए । नव प्रबेशी युवाहरुलाई महासचिव केशव सुर्यबँशी मगरले पार्टीको झण्डा प्रदान गरेर स्वागत गरेका थिए ।

 

You might also like
Loading...