गैडाकोटमा नगद १ लाख २४ हजार सहित पासा खेलिरहेका ११ जना पक्राउ



गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा तिहारको बेला पासा खेलिरहेका ११ जनालाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराति गैडाकोट नगरपालिका ८ स्थित छविलाल सुवेदीको घर पासा जुवा खेलिरहेका ११ जनालाई १ लाख २४ हजार ४ सय ९५ रुपैयाँ नगद सहित पक्राउ गरेको गैडाकोट प्रहरीले जनाएको छ ।



प्रहरीले उनीहरुको साथबाट ६ वटा पासा समेत बरामद गरेको जनाएको छ ।

प्रहरीले गैडाकोट ८ निवासी ५० बर्षीय छविलाल सुवेदी, ५३ बर्षीय हरिप्रसाद शर्मा, ५८ बर्षीय ढाकाराम भुसाल, ४० बर्षीय भिमलाल बम, ५१ बर्षीय कृष्ण दवाडीलाई पक्राउ गरेको छ ।




त्यसैगरी गैडाकोट ४ का ६३ बर्षीय नन्द केवश शर्मा, ४० बर्षीय मुक्तिनाथ सिग्देल, ३९ बर्षीय रत्नबहादुर सुनार, २५ बर्षीय सरोज गयाजु रहेका छन् ।

https://www.youtube.com/watch?v=7RPstp49K1c&t=23s

बर्दघाटमा ३ लाख ८७ हजार नगद सहित जुवाको खालबाट १२ जना पक्राउ



सम्बन्धित
Loading...