पश्चिम नवलपरासीमा बलात्कारीलाई बचाउन राजनैतिक दौडधुप
गोपी ज्ञवाली –
नवलपरासी, ६ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबाट एक बालिकालाई सामुहिक बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई गिरफतार गरेको छ ।
पाल्हीनन्दन गाउँपालिका २ की १५ वर्षीय बालिकालाई गत विहिबार सात जनाको समूहले सामुहिक बलात्कार गरेको आरोपमा नवलपरासी प्रहरीले दुई जनालाई गिरफतार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत राजिव श्रेष्ठले बताए ।
गत कात्र्तिक २७ गते रातिको समयमा घरदेखि बाहिर रहेको नलमा पानी लिन गएको अवश्थामा अचानक दुई जनाले बालिककाको मुख खोपेर अपहरण गरी घरदेखि करिब ३ सय मिटर पर वगैचामा लगि सात जनाको समूहले सामुहिक बलात्कार गरेको पीडित बालिकाकी आफन्तले बताएका छन् ।
भारतीय सीमासंग जोडिएको पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका वार्ड नम्बर २ अमानीगंजका १७ वर्षीय किसन केवट र सोही स्थानका १६ वर्षीय कृष्ण तेली गुप्तालाई प्रहरीले सामुहिक बलात्कारको आरोपमा विहिवार गिरफतार गरेको हो ।
कात्तिक २७ गते राति करिब ९ वजेको समयमा घरदेखि बाहिर केही मिटरको दुरीमा रहेको पानीको नलमा पानी भर्न घर बाहिर निस्केको अवश्थामा अचानक पछाडिबाट आएका दुई पुरुषले पीडित बालिकाको मुख छोपेर नियन्त्रणमा लिई बालिकालाई गाँउदेखि बाहिर रहेको बगैचामा लगिएको थियो ।
https://www.youtube.com/watch?v=SgLygJ4Metc
पहिला दुई जनाले उठाएर बगैचामा लगेको भए पनि पछि सात जनाले पालैपालो सामुहिक बलात्कार गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।
जल्ला प्रहरी कार्यालयमा परेको किटानी जाहेरीका आधारमा बालिकालाई सामुहिक रुपमा बलात्कार गरेको आरोपमा दुई जनालाई गिरफतार गरेको भए पनि अन्य पाँच जनाको फरार रहेको प्रहरीले जननाएको छ ।
बालिकालाई बलात्कार गर्ने दुई जना पिडित बालिका कै गाँउका भए पनि अन्य काहाँ मानिस र को थिए पिडित बालिकाले नचिनेको पिडितकी आमाले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडकहरुलाई कडा कारवाही गर्नुको सट्टा केही राजनैतिक पार्टीका स्थानीय नेताहरुले पैसाको लाससामा पीडित परिवारलाई मिलापत्र गर्न दवाब दिदै आएको पीडित बालिकाकी आमाले दाउन्ने न्यूजलाई बताइन् ।
छोरीको सामुहिक बलात्कार भए पछि कारवाहीको सटटा गाँउका केही मानिसहरु गाँउघरको कुरा हो केही गल्ती भएको छ तर आपसी सहमतिमा कुरा मिलाउनु पर्दछ भन्दै बारम्बार फरक फरक मानिसहरुले दवाव दिदै आएको पीडित बालिकाका आफन्तले बताएका छन् ।
https://www.youtube.com/watch?v=BKwlNt_-7Ro