शास्वतधाममा पर्यटकको पुन: चहलपहल





देवचुली, कोभिड–१९ संक्रमणले व्यापार, व्यवसाय, विद्यालय, होटल रेष्टुरेण्ट, उद्योग लगायत पर्यटकीय क्षेत्रमा पनि गम्भीर असर पारेको छ ।

नेपालमा नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य समेत राखिएको थियो तर कोरोना भाईरसले यसलाई सफल हुन दिएन ।




नेपालका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय स्थलमा असर पारिरहँदा नवलपुर जिल्लाकै सबैभन्दा बढि पर्यटकको गन्तव्यका रुपमा चिनिन सफल भएको देवचुली नगरपालिका वडा नं २ मा अवस्थित सिजी शास्वतधाममा समेत कोरोनाले असर पारेको छ ।

गत चैत ११ गतेबाट लकडाउन भएसँगै चहलपहल हराएको शास्वतधाममा पछिल्ला दिनहरुमा चहलपहल सुरु भएको छ। छोटो समयमा नै लाखौँ पर्यटक भित्राउन सफल भएको शास्वतधाम कोरोनाका कारण सुनसान देखिन्थ्यो तर पछिल्लो केही दिन देखि पर्यटकको चहलपहल बढ्न थालेको सिजिआइपि सिएसआर प्रमुख राम चन्द्र धितालले जानकारी दिनुभयो ।

अहिले शास्वतधाममा दैनिक रुपमा ७ देखि ८ सय जना अवलोकनका लागि आउने गरेको धितालले बताउनुभयो । धितालले शास्वतधाम फराकिलो क्षेत्रमा समेत रहेकाले कोरोना पोजेटिभ भएर निको भएका व्यक्तिहरु पनि धाममा रिफ्रसमेन्टको लागि आउने गरेको र उनीहरुले यहाँ आउँदा निकै आनन्द महसुस गर्ने गरेको बताउनुभयो ।

कोरोना भाइरस कोभिड १९ संक्रमण कम नभएकाले अझै पनि कतिपय ठाँउका पर्यटकीय स्थलहरु खुल्न सकिरहेका छैनन ।

शास्वतधाममा अवलोकन गर्न आउने जोकोहीलाई पनि अनिवार्य रुपमा मास्क, सेनिटाईज र ज्वरो नापेर मात्र भित्र पस्न दिने गरिएको छ यद्यपि कतिपय ठाँउमा फोटो सुट, टिकटक खिच्ने क्रममा मास्क प्रयोग नगर्ने हुँदा यस विषयमा पनि सम्बन्धीत निकायले निगरानी गर्नुपर्ने आवश्यकता रहेको छ ।




सम्बन्धित
Loading...