रजहर आइसोलेशनका १५ कोरोनामुक्त





नवलपरासीपूर्व अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरको आईसोलेसनमा रहेका १५ जना कोरोना संक्रमुक्त भएका छन्।

शनिबार संक्रमणमुक्त हुनेमा नवलपरासीपूर्वका १० जना र जिल्ला बाहिरका ५ जना रहेका छन्। संक्रमणमुक्त हुनेमा कावासोती नगरपालिकाका ३ पुरुष र ३ महिला सहित ६ जना, गैंडाकोट नगरपालिकाका २ पुरुष, हुप्सेकोट गाँउपालिकाका १ पुरुष, बुलि·टार गाँउपालिकाका १ पुरुष छन्।




यस्तै, सोही आइसोलेशनमा रहेका चितवनको भरतपुर महा–नगरपालिका २ का १ पुरुष र १ महिला गरी २ जना, बाग्लुङ गाहाघाटका १ पुरुष, गुल्मी रेसु·ाका १ जना पुरुष र पाल्पाको तिनाउ गाउँपालिका १ पुरुष रहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए। उनीहरुको गत ६ गते स्वाब संकलन गरी पुनःपरिक्षणका लागि पोखरा पठाईएको थियो ।

त्यस्तै, १४ दिन आईसोलेसनमा रहेर पनि पोजिटिभ रिपोर्ट आएका दुई जनालाई भने होम आईसोलेसनमा बस्ने गरि घर पठाइएको डाक्टर पौडेलले बताए।

प्राकृतिक चिकित्सालयको आइसोलेनबाट अहिलेसम्म ७ सय ४९ जना संक्रमणमुक्त भएका छन् । उक्त आइसोेलेशनमा अब ७ जना मात्रै रहेका छन् । ४ सय बढी संक्रमित भने होमआइसोलेशनमा नै रहेका छन् । नवलपुरमा अहिलेसम्म कोरोना संक्रमण पुष्टी भएका २६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।




सम्बन्धित
Loading...