काेराेना अपडेट : १९ सय ४८ संक्रमित थपिए, ३१ सय ४० निको भए, २८ को निधन


नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभरमा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई  लाख २६ हजार २६ पुगेको छ ।




आज तीन हजार एक सय ४० जना संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म निको हुनेको संख्या दुई लाख सात हजार नौ सय ९८ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ छ।

 

कोरोना संक्रमणबाट थप २८ को निधन

नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २८ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबारसम्म मृतकको संख्या १३ सय ८९ पुगेको  छ।



सम्बन्धित
Loading...