कावासोतीमा लागुऔषध सहित ३ जना पक्राउ


नवलपरासी, १० मंसिर । नवलपुर प्रहरीले कावासोतीबाट लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती १६ चालिस किलो जंगलबाट पश्चिम नवलपरासीको बर्दघाट ४ का २६ बर्षीय सुजन गुरुङ, पूर्वी नवलपरासीको देवचुली ९ का २७ बर्षीय प्रदिपकुमार श्रेष्ठ र २३ बर्षीय विजय राउल पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध नाईट्रोभेट ९ सय थान, प्र २–००३ प ५७२४ नम्बरको मोटरसाइकल र २५ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ ।




पक्राउ परेकाहरुलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...