नवलपुरका स्वास्थ्य प्रमुखलाई कोरोना पोजेटिभ
नवलपुर । पूर्वी नवलपरासीका स्वास्थ्य प्रमुख केशव चापागाईलाई कोभिड १९ पोजेटिभ देखिएको छ ।
ज्वरो आउने, शरिर दुख्ने, खोकी लाग्ने र आछ्यू आउने लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा मात्रै अहिलेसम्म ३२ जना स्वास्थ्यका कर्मचारीहरुमा पोजेटिभ देखिएको छ ।
नवलपुरका स्वास्थ्य प्रमुख चापागाईको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र कार्यालयकै क्वाटरमा आइसोलेशनमा बसेको चापागाईले बताए ।
vedio, कोभिड १९ को विषयमा स्वास्थ्य प्रमुख केशव चापागाईसँग् गरिएको कुराकानी
https://www.youtube.com/watch?v=8Y_Tu_0JkNA&t=288s
