डडेल्धुरामा महिलामाथि सामूहिक बलात्कार


डडेल्धुरामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ।



बुधबार राति करिब ७- ८ बजे नवदुर्गा गाउँपालिका-१ की ३० वर्षीया महिलामाथि बलात्कार भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार मेलामा गएर फर्किहेका दुई पुरूषले उनलाई तानेर लगेका थिए।




बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। पक्राउ पर्ने सोही ठाउँका ३३ वर्षीय टेक दमाई पक्राउ परेका हुन्।

अर्का व्यक्ति भने फरार रहेको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

‘महिला बोल्न सक्दिनन्। गोठमा गएर फर्किंदै थिइन्। त्यहीबेला दुई जना पुरूषले ती महिलालाई बलात्कार गरेको भन्ने छ,’उनले भने, ‘आज पीडितका भाउजूले जाहेरी दिएकी छन्।’

पीडित महिलाको पनि स्वास्थ्य परीक्षण गराइसकेको उनले बताए।

‘पीडित महिलाको स्वास्थ्य परीक्षण पनि गराइसकेको छ। रिपोर्ट केही दिनमा आउँछ,’उनले भने।



सम्बन्धित
Loading...