कावासोतीमा गैंडाको मृत बच्चा भेटियो


चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडाको पोथी बच्चा (केटी) मृत अवस्थामा भेटिएको छ।



नवलपुरको कावासोती–१३ मा पर्ने नमुना मध्यवर्ती वन उपभोक्ता समितिको वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाटमा ‘केटी’ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार मृत केटी अन्दाजी ५ वर्षको छ । भाले गैंडाको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको अधिकारीले बताए । उक्त केटीको भर्खरै पलाउँदै गरेको खाग (ब्रम्हखाग) र खुर सुरक्षित छ ।




चितवन निकुञ्जमा यस आर्थिक वर्षमा मात्रै १५ वटा गैंडाको मृत्यु भएको छ । ती मध्ये ४ वटालाई सिकारीले मारेको र अन्यको प्राकृतिक कारण र कालगतिले मृत्यु भएको निकुञ्जले जनाएको छ ।



सम्बन्धित
Loading...