वडा कार्यालय १ महिनादेखि सचिव विहिन
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं. ९ को वडा कार्यालयमा एक महिनादेखि सचिव विहिन हुँदा सेवाग्राही मारमा परेका छन् ।
वडा सचिव विरामी भएर विदामा बसेको कारण वडा कार्यालयमा सेवाग्राहीले पाउनु पर्ने सेवा सुविधाबाट बन्चित हुनु परेको हो ।
वडा कार्यालयबाट हुने नागरिकता, राहदानी सिफारिस, जन्मदर्ता, मृत्यु दर्ता लगायतका कामहरु एक महिनादेखि रोकिएको सेवाग्राहीहरुले बताएका छन् ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले आफूलाई यस विषयमा ढिलो गरी जानकारी आएकोले आज नै सट्टामा कर्मचारी पठाएको बताए ।