अवैध सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा सञ्चालनमा रहेको देउराली बालुवा प्रशोधन केन्द्र शिल गरिएको छ ।
शुक्रबार अनुगमनमा गएको टोलीले देउराली बालुवा प्रशोधन केन्द्र दर्ता नगरी अवैध रुपमा सञ्चालन गरेको पाइए पछि शिल गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।
साना तथा घरेलु उद्योग, कम्पनी रजिष्टारको कार्यालय कतै पनि दर्ता नगरी सञ्चालन भईरहेको पाइएकोले शिल गरिएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।
https://www.youtube.com/watch?v=SgLygJ4Metc
देउराली बालुवा प्रशोधन केन्द्र विगत ५ बर्षभन्दा अगाडिदेखि देउरालीको गिरुवारी खोला किनारमा सञ्चालनमा रहेको थियो ।
नवलपुरमा अहिले जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा साना तथा घरेलु उद्योग, आन्तरिक राजश्व कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, सुरक्षा निकायको संयुक्त टोलीले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रको अनुगमनलाई तिब्रता दिएको छ ।
नवलपुरमा एक दर्जन बढी क्रसर उद्योग र ५ दर्जन बढी बालुवा प्रशोधन केन्द्र सञ्चालित छन् ।
नवलपुरमा यसरी अवैध रुपमा सञ्चालनमा रहेको बालुवा प्रशोधन केन्द्रलाई शिल गरिएको पहिलो हो ।
https://www.youtube.com/watch?v=qL5DDB4D4Ec
