नवलपुरमा संक्रमिततको संख्या २२९२ पुग्यो
नवलपुर । नवलपुरको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या २ हजार २ सय ९२ पुगेको छ । जिल्लामा आज ११ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, जिल्लामा डिस्चार्ज हुनेको संख्या २ हजार ४ पुगेको छ । जिल्लाभरबाट आज ६ जना निको भएको तथ्याङ्क स्वास्थ्य कार्यालयले अद्यावधिक गरेको छ ।
अव जिल्लामा सक्रिय संक्रमित २६१ जना छन् । जिल्लाभित्रका आईशोलेशनमा २३६ र जिल्लाबाहिर २ जना उपचाररत छन् ।
नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ज्यान गुमाउनेमा ७ महिला र २० पुरुष छन् ।
जिल्लाको गैंडाकोटमा २ महिला र ७ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
स्तै कावासोतीका ३ महिला र ४ पुरुष गरी ७ जनाको कोरोनाका कारण ज्यान गएको छ भने देबचुली नगरपालिकामा १ महिला र ५ पुरुषगरी ६ जनाको मृत्यु भएको छ । बिनयी त्रिबेणीमा १ महिला र २ पुरुष गरी ३ जना र मध्यबिन्दुका २ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरको विवरणमा उल्लेख छ ।
गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक बिवरणमा कोभिड १९ का कुल संक्रमितको संख्या ११ हजार ६ सय ८६ पुगेको छ । आज गण्डकी प्रदेशमा १३३ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, प्रदेशभरी डिस्चार्ज हुनेको संख्या ६७४० पुगेको छ । हिजो १४६ जना निको भएको बिवरणमा उल्लेख छ ।
अव प्रदेशमा सक्रिय संक्रमित ४७४० छन् ।