१३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ
कास्कीमा आफ्नै १३ वर्षीया छोरीमाथि बलात्कार गर्ने बुवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले १३ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा ३९ वर्षीय पुरूषलाई मंगलबार पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार पुरूषले आफ्नी छोरीलाई केही महिनादेखि अनेकौ बहाना बनाई बलात्कार गरेका थिए।
गत शनिबार पनि पुरूषले एक होटलमा लगि जबरजस्ती अश्लिल फोटो तथा भिडिओ देखाई बलात्कार गरेका थिए।
सोही घटनाको जाहेरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
ती पुरूषमाथि हाडनाता करणी कसूरमा अनुसन्धान अघि बढाएको छ।