टिप्पर र कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते


मंसीर १८, बर्दिया । टिप्परले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका ४ स्थित ढोढरी चोकमा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको र ३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ ।




चिसापानी बाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिप्परले पूर्वबाट आउँदै गरेको बा १६ च २४५३ नम्बरको कारलाई ढोढरी चौकमा दिउँसो साढे २ बजे टिप्परले ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुलरिया नगरपालिका ४ का २५ वर्षीय सुरेन्द्र गोडिया र भिदत्त नगरपालिका ६ कन्चनपुरकी १८ वर्षीया निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।




प्रहरीका अनुसार गुलरिया ४ का २४ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीया कृतिका सुनार तथा कन्चनपुरकी कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ।




सम्बन्धित
Loading...