दुम्किबासको अवरुद्ध सडक खुल्यो
कावासोती । ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर अवरुद्ध गरिएको सडक खुलेको छ । दुम्किबासमा प्रदर्शन गर्ने प्रदर्शनकारीलाई प्रहरीले तितरवितर पारे पछि अवरुद्ध सडक खुलेको हो ।
विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेको थियो ।
अवरुद्ध सडक विहान ८ बजेबाट खुलेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।
प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको थियो भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरेको छ ।
राति विनयी खोलामा अवैद्य रुपमा बालुवा चोर्न गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना भई घाइते भएको चालकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ भने स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेको छ ।
ट्याक्टर चालकको निधन पछि, दुम्किबासमा तनाब, मध्यरातदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
https://www.youtube.com/watch?v=3JYnHYOA7IE&t=2s
