प्रधानमन्त्रीको राजीनामा माग्दै समाजवादी पार्टीद्वारा पोखरामा पुत्ला दहन




सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

पोखराको चिप्लेढुङ्गाबाट बुधबार नाराबाजीसहित निस्केको समाजवादी पार्टीको जुलुस महेन्द्रपुलमा पुगेर प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्।




पुत्ला दहनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेका थिए। समाजवादी पार्टीका कार्यकर्ताले प्रहरी हस्तक्षेप रोकेर पुत्ला दहन गरे। पुत्ला दहनअघि समाजवादीका कार्यकर्ताले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै नारा लगाएका थिए।

पुत्ला दहनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै समाजवादीका केन्द्रीय सदस्य देवी सुवेदीले प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने बताए।



सम्बन्धित
Loading...