पार्टी एकताको सम्भावना जीवितै छ– बामदेव गौतम




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको दाबी गरेका छन्।

राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष गौतमले कानुनी रुपले नेकपा विभाजन भइनसकेकाले एकता जोगाउने सम्भावना जिवितै रहेको दाबी गरेका हुन्।




राष्ट्रियसभाका सदस्य समेत रहनुभएका उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुदको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहेकाले आफूले संगठित रूपमै एकता अभियान अगाडी बढाउने जानकारी दिए।

उपाध्यक्ष गौतमले पार्टी एकताको पक्षमा सबै रहेको जिकिर गर्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको दाबी गरे।



सम्बन्धित
Loading...