जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य





मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि नेत्रविक्रम चन्द विप्लवको समूहसंग छलफल भइरहेको भन्दै उनले सवै क्रान्तिकारी कम्युनिष्टबिच मोचाबन्दी गरि संघर्ष गरिने बताए ।

शुक्रबार मोरंगको बेलबारीमा आयोजित पक्रकार सम्मेलनमा बोल्दै उनले अबको आवश्यकता जनगणतन्त्र रहेको बताए । यसका लागि शान्तिपूर्ण संघर्ष गर्दै अघि बढ्ने र त्यसबाट सम्भव नभए बलप्रयोग गरेर भएपनि संघर्ष गर्ने बताए । पत्रकारहरुको जिज्ञासामा महासचिव वैद्यले दुई तिहाईको सरकार चलाउन नसकेर प्रतिनिधिसभा विघटन गर्दैमा कम्यूनिष्ट आन्दोलन कमजोर र असफल नहुने जिकिर गरे ।




उनले कम्यूनिष्टहरुले संसदीय व्यवस्था नमान्ने तर बिचलित भएर मान्न जानेहरु कम्युनिष्ट नहुने बताए । फरक प्रसंगमा उनले मोर्चाबन्दीका नाममा प्रधानमन्त्री केपी ओलीसँग बदला लिनकै लागि पुष्पकमल दाहाल प्रचण्डलाई नसघाउने बताए ।

प्रतिनिधिसभा विघटनको प्रसंगमा महासचिव वैद्यले नेकपा भित्रको पद र प्रतिष्ठाको अहम्ताले प्राप्त उपलब्धि समाप्त भएको बताए । प्रतिनिधिसभा विघटन गर्नु मुर्खता भएको टिप्पणी गरेका उनले भने, प्रतिनिधिसभा विघटन हुनु भनेकै लोकतन्त्र र संविधानको असफलताको प्रतिक हो ।




सम्बन्धित
Loading...