जता बहुमत त्यता नेकपा: गोकर्ण बिष्ट



प्रचण्ड नेपाल समुहका स्थाई कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण बिष्टले निर्वाचन आयोगले गरेको निर्णयले जता बहुमत केन्द्रिय सदस्यको बहुमत छ त्यही नै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भएको जिकिर गरेका छन ।




गृह जिल्ला गुल्मीको दोहोली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै नेता बिष्टले यस्तो जिकिर गरेका हुन ।

उनले कार्यक्रममा सहभागि जनतालाई भने–‘ निर्वाचन आयोगले गरेको निर्णयले अब बहुमत सदस्य जता छ त्यही नै नेपाल कम्युृनिष्ट पार्टी ( नेकपा ) हो भन्ने स्पष्ट भई सक्यो । म त्यही बहुमत नेकपा मै छु तपाईहरु संग म छु र म संगै तपाईहरु हुनुहुन्छ । केपि ओलि नेतृत्वको सरकाले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्ने खोजेको भन्दै त्यसको सशक्त प्रतिकार गर्दै लोकतन्त्रको रक्षा गरिने उद्घोष समेत गरे ।




नेता बिष्टले नागरिकलाई समृद्धिको सपना देखाएर प्रतिनिधि सभा विघटन गर्नु दुर्भाग्यपूर्ण भएकोले जनता सडकमा उत्रिएको बताए ।
उनले ईस्मा गाउँपालिका वडा नम्वर ३ र ४ दुबै वडामा नवनिर्मित भवनको शिलान्यास गरेका छन ।

वडा नम्वर ३ दर्लामचौर स्वास्थचौकी काठमाडौको सिद्धबाबा जेभीले २ करोड ३४ लाखमा निर्माण गरिएको जानकारी दिईएको छ ।

उता वडा नम्वर ४ दोहली स्वास्थचौकी श्रेष्ठ कन्ट्रक्सनले १ करोड ३१ लाखमा निर्माण सम्पन्न गरेको श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर हरिकुमार श्रेष्ठले बताए । कोरोना संक्रमणको कारण थुप्रै समस्या आएपनी म्याद थप नगरिकनै भवन निर्माण गरेको श्रेष्ठले बताए ।

समयमै काम सम्पन्न गर्ने श्रेष्ठलाई स्वास्थचौकीको तर्फबाट सम्मान गरिएको छ । भवन निर्माणको अभाबमा दुबै वडाका स्वास्थ्यचौकी जिर्ण सरचनामा संचालन भएका थिए । इस्मा गाउँपालिका ५ वटा वडामा सुबिधा सम्पन्न पुर्वाधारसहितको स्वास्थचौकी निर्माण भएको इस्मा गाउँपलिका प्रमुख लक्ष्मण बिष्टले बताए ।

त्यस गाउँपालिकाकी बार्यवाहक प्रमुख विमला खत्रीले ईस्मा गाउँपालिकाको विकास तिब्रगतिमा भई रहेको तर आफुहरुले प्रचार प्रसार मात्रै गर्न नसकेको दावी गरिन् ।

कार्यक्रममा नेकपा ईस्मा गाउँ कमिटी अध्यक्ष नारायण पैयानीले ईस्मा क्षेत्रमा एउटा मात्रै नेपाल कम्युनिष्ट पार्टी नेकपा रहेकोले गुट र फुटको नेकपा लिएर त्यता कोही प्रबेश नगर्न चेतावानी दिए । उनी प्रचण्ड नेपाल समुहका हुन ।




सम्बन्धित
Loading...