पूर्व राजा र ओली एउटै पार्टीको अध्यक्ष भए पनि अनौठो मान्नु पर्दैनः योगेश भट्टराई
रामकुमार श्रेष्ठ –
नवलपरासी, २४ माघ । प्रचण्ड नेपाल समूहको नेकपाका युवा नेता योगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली भोलि एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताएका छन् ।
नेता भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधिप्रति आशंका गर्ने भने – भोलि ओली र पूर्वराजा ज्ञानेन्द्र एउटै पार्टीको दुई अध्यक्ष भए भने पनि अनौठो मान्नु पर्दैन ।
शनिबार पूर्वी नवलपरासीको कावासोतीमा प्रचण्ड नेपाल समूहको युवा तथा विद्यार्थीहरुको जिल्ला स्तरको भेला तथा प्रशिक्षणलाई सम्बोद्धन गर्र्दै यस्तो बताएका हुन् ।
नेता भट्टराईले अझै पार्टीको एकताको सम्भावना कायमै रहेकोमा जोड दिंदै पद र व्यक्तिवादी चरित्रलाई भन्दा ३ करोड नेपालीको सपनालाई ध्यान दिएर पार्टी एकता हुन कुनै समस्या नरहने बताए ।
https://www.youtube.com/watch?v=MTCMxQABBhk
नेपाली जनताले आफ्नो सपना पुरा गर्ने कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाई बहुमत दिएको जिकिर गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओली आफ्नै कारणले ३ करोड नेपाली जनताको मलामी जान परेको आरोप लगाए ।
उनले भने – नारायणहिटी अगाडिको भेला कुनै उत्सव होइन, त्यो मलामीहरुको भेला हो त्यसको अगुवाई प्रधानमन्त्री ओलीले गरिरहेका थिए । नारायणहिटी अगाडिको प्रदर्शनमा सरकारले शक्तिको दुरुपयोग गरेको आरोप उनको थियो ।
नेता भट्टराईले सर्वोच्चले संसद पुनस्थापना गर्नु पर्ने र निर्वाचन आयोगले नेकपाको केन्द्रिय कमितिको बहुमत सदस्यताको आधारमा पार्टीको आधिकारिता र सूर्य चुनाव चिन्ह दिनु पर्नेमा जोड दिए ।
मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखा, अनेरास्ववियुका केन्द्रिय सहसंयोजक रन्जित तामाङ्ग लगायतले बोलेका थिए । कार्यक्रम शुरु हुनु पूर्व कावासोतीको थाना चोकदेखि पुरानो कावासोतीसम्म र्याली समेत निकालिएको थियो ।
प्रचण्ड नेपाल समूह युवा विद्यार्थीकाे संयुक्त प्रशिक्षण कावासाेतीमा
