देवचुलीमा जुवाको खालबाट १० जना पक्राउ

537












कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका दुई स्थानबाट प्रहरीले जुवाको खालबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
देवचुली १६ निवासी कमलप्रसाद अधिकारीको घरबाट २३ हजार २ सय ५० रुपैयाँ सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी देवचुली १६ नयाँ बजारका तुलदास श्रेष्ठको घरबाट जुवा खेलिरहेको अवस्थामा २७ हजार ३ सय ७५ रुपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको नवलपुर प्रहरीले जनाएको छ ।




You might also like
Loading...