जनयुद्धका प्रथम शहीद रम्तेललाई यसरी सम्झना गरियो कावासोतीमा फोटो फिचर


 




तत्कालिन जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज नवलपुरसहित देशैभर विभिन्न कार्यक्रम गरी रम्तेलको सम्झना गरिएको छ ।


नेकपा (प्रचण्ड–नेपाल) समूह, नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लव लगायतले विभिन्न कार्यक्रम गरी रम्तेलको सम्झना गरेका छन् ।

जनयुद्ध शुरु गरेको वर्ष २०५२ साल फागुन १४ गते रम्तेलको हत्या भएको थियो ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ जराङस्थित ब्रम्हाचारिणी निमाविका शिक्षक बीरबहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा विरोधमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएकाबेला प्रहरीले चलाएको गोली लागेर कक्षा ४ मा पढ्दै गरेका ११ वर्षीय बालक रम्तेलको मृत्यु भएको थियो ।

रम्तेलको हत्या भएको दिन हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्मलाई माओ विचारका कम्युनिस्ट पार्टीहरुले बलिदानी सप्ताह मनाउँदै आएका छन् ।

बलिदानी सप्ताहको पहिलो दिन आज नवलपरासीपूर्वसहित विभिन्न जिल्लाहरुमा कार्यक्रम गरी नेपालका कम्युनिस्ट घटकहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।

नेकपा प्रचण्ड–माधव समूहको कावासोती नगरकमिटीको आयोजनामा आज कावासोतीको फलफूलचोकस्थित नयाँ नेपाल स्मृति प्रतिष्ठान परिसरमा कार्यक्रम गरी रम्तेलको स्मरण गरेका छन् ।

सो अवसरमा नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य किशन शर्मा गैरे, प्रदेश सचिवालय सदस्य कृष्ण पौडेल, प्रदेश सदस्य मित्रशरण शर्मा विहानी, क्रान्तिकारी माओवादीका बाबुराम पोखरेल, बाम नेता श्याम शर्मा भुसाल, जनता समाजवादी पार्टीका दुर्गा भुसाल लगायत, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष नारायण पंगेनी लगायतले रम्तेलको सालिकमा माल्र्यापण गर्नु भएको थियो ।




सम्बन्धित
Loading...