सुमन चापागाँईको स्वर र दिनेश पान्डेको शब्दमा रहेको ‘प्रदेशी छोरो’ सार्बजनिक


जनक पान्डेय –
फाल्गुन १५, नवलपरासी । वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेका नेपालीको कथामा आधारित ‘प्रदेशी छोरा’गीत सार्वजनिक भएको छ ।



दिनेश पाण्डेयको शब्द, सुमन चापागांईको लय, स्वर रहेको गीत प्रदेशी छोरा गीत स्वदेशमा रोजगारीका अवसर नपाएर बाध्य भई साहुकोमा जग्गा धितो राखेर विदेसिनु परेका नेपालीको कथामा आधारित रहेको छ ।

विनोद बाजुरालीको एरेन्ज रहेको गीतलाई करन चैसरले छायांकन गरेका हुन् भने विनोद भण्डारीले निर्देशन गरेका हुन् ।




यस गीतमा पछिल्लो समयमा निकै रुचाइएका कलाकार अर्जुन सापकोटा र रस्मी भट्टको अभिनय रहेको छ ।

गीतका रचनाकार दिनेश पान्डेयले रोगजारीका लागि विदेसिने परेका समग्र नेपाली युवाहरुको यथार्थ चित्रण गीतमा रहेको बताए । गीत सुमन चापागांइको युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।



सम्बन्धित
Loading...