नेकपा विवाद छिट्टै टुंगो लगाउने निर्वाचन आयोगको दाबी


काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको आधिकारिकताको  विवाद छिट्टै नै टुङ्गो लगाउने जनाएको छ ।




‍आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।




उनले सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको टुंगो लगाइने पनि बताए ।

सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको भन्दै प्रवक्ता श्रेष्ठले आयोगले नेकपा विवाद छिट्टै टुङ्गाउने दाबी गरे ।

पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहको नेकपा र ओली समूहको नेकपाले आफ्नो पार्टी आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।

‘नेकपा’ नामको विवादको सुनुवाई सकियो, फागुन २० मा फैसला




सम्बन्धित
Loading...