सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

122












काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।


शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोली संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयाेजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं : विप्लव

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

यो फोर्स होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् ।

राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’

शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको पनि उनले बताए । ओलीले भनेका छन्, ‘यो साहसिक कदम हो ।’

एउटा कार्यदिशा बाटो बाटो समातेर हिँडिरहेको अवस्थामा कार्यकर्तालाई मोड्न कठिन हुने भन्दै कतिपय नेतृत्वले त्यस्तो कदम चाल्दा असफल हुने भन्दै ओलीले विप्लव भने सफल भएको जिकिर गरे ।

नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं लागे विप्लव



You might also like
Loading...