बौलाहा बौलाही – कविता

184












रसज्ञ छहरा –

 


छन्द :- माला – 

आ-आफ्ना जे जे, सामुन्ने ती देखिन्छन् ।
आकाङ्क्षा साध्नी, भन्दै ती दौडिन्छन् ।
नाची चाहारी, ती दायाँ बायाँ है ।
मिल्दैनन् त्यस्ता, बाटा खोज्छन् ती है ।

औडाहाले ती, ताती उम्लिन्छन् नै ।
भै आत्मा भित्रै, पश्चात्ताप्ले पो नै ।
त्यस्ता पग्लाहा, आखिर्मै बन्नीहुन् ।
हत्यारा सम्मन्, कैले त्यस्ता बन्छन् ।

हान्छन् ढुङ्गा है, बाटा हिड्नीलाई
दिन्छन् है सास्ती, ती आफन्तीलाई ।
थाङ्ना च्याती ती, बन्नी झुत्रेझाम्रे ।
देखिन्छन् प्रायः, हुन्छन् थाङ्ने जुम्रे ।

हप्कीदप्कीले, कोही यस्ता बन्नी हुन् ।
लोग्ने सासूका, या स्वास्नीकाले झन् ।
साहू साहूनी, नातागोताका नै ।
डाट्नाले यस्ता, ती बन्छन् मान्छे नै ।

बौलाहा भन्ने, बौलाही नै भन्छन् ।
पग्लाहा त्यस्तै, पग्लाही ती बन्छन् ।
हे भोले बाबा, मेरो बिन्ती सुन्द्यौ ।
लौ त्यस्तालाई, तेस्रो आँखा नै द्यौ ।



You might also like
Loading...