खनाल संसदीय दलको बैठक सहभागी, आफ्ना भनाई राखेर बाहिरिए




नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा नेता झलनाथ खनाल सहभागी भएका छन् ।

यस अघिका बैठकहरु बहिस्कार गर्दे आएको माधब नेपाल– झलनाथ खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी भएको छ। बैठकमा नेता नेपाल र भीम रावल भने सहभागी भएनन् ।




तर नेता खनालसंग अन्य सांसदहरु सहभागी भएका थिए । कलकीमा बसेको नेपाल –खनाल पक्षको केन्द्रीय समितिको बैठकले दलको बैठकमा भाग लिने निर्णय गरेको थियो ।

बैठक सुरु भए लगत्तै नेता खनालले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने घारणा राखेका थिए । उनी आफ्ना धारणा राखेर केहीछिनमै बाहिरिएका थिए ।



सम्बन्धित
Loading...