ओलीकै नेतृत्वमा चुनावमा जान देउवा तयार


प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नयाँ सरकार गठन सम्भव नहुने करिब निष्कर्षमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय तत्काल पुरा नहुने निष्कर्षमा पुगेको बुझिएको छ ।



शुक्रबार माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँगको छलफलपछि काँग्रेस सभापति शेरबहादुर देउवाले करिब एक घण्टा आफूनिकट नेताहरुसँग छलफल गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पनि बूढानीलकण्ठबाट बाहिरिएपछि भएको उक्त छलफलमा आगामी रणनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दियो ।

https://www.youtube.com/watch?v=nUrP3-Ao23M&t=2s



सम्बन्धित
Loading...