वर्तमान सरकार धेरै दिन चल्दैन– अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार धेरै दिन नचल्ने बताएका छन् ।
काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने दावी गरे ।
प्रचण्डले परिस्थिति असहज भएपनि नयाँ सरकार गठन गरेर अगाडि बढ्ने वातावरण बनिरहेको बताए ।
उनले सरकारले संविधान मिच्ने कोसिस जारी राख्दै गएमा नयाँ खालको विद्रोहमा जानुपर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्र र संविधान सभा मार्फत बनेको संविधानको रक्षाको निम्ति पनि आन्दोलनमा जानुको विकल्प नदेखिएको उनको भनाइ थियो ।
https://www.youtube.com/watch?v=P5-ML3zHvk8&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=41