चार संसदलाई प्रचण्डको स्पष्टिकरण
नेकपा (एमाले)मा प्रवेश गरेका माओवादी पक्षका चार जना संसदलाई नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पषि्टकरण सोधेको छ ।
नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहने पक्का भए पछि पत्र काटेर स्पषि्टकरण मागेको हुन् ।
माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको माओवादी स्रोतले जनाएको छ । एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् ।
रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को क बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को ख बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् ।
बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादीले जनाएको छ ।