एमसीसी सम्झौता नेपालः संसदीय प्रक्रियामा पनि देखियो राजनीतिक दलहरूबीचको मतभेद


‘एमसीसी सम्झौता’ संसद्‍मा निर्णयार्थ प्रस्तुत हुन नसकेको भन्दै बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असन्तुष्टि दोहोर्‍याएका बेला विपक्षी दलहरू नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूले त्यसको लागि सरकारकै गृहकार्यमा कमजोरी रहेको आरोप लगाएका छन्।

तर नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले समेत संयुक्त राज्य अमेरिकासँग एमसीसी सम्झौता गर्ने त्यस बेलाको सरकारमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस दुवै सहभागी रहेको भन्दै स्मरण गराएका थिए।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ भन्छन्,

“नेकपा रहेकै बेला भदौ २६ गतेको स्थायी समितिको बैठकको निर्णयमा सर्वसहमतिकै रूपले हिन्द-प्रशान्त रणनीति लगायतका राष्ट्रिय हित प्रतिकूलका प्रावधानहरू रहेकाले तिनलाई सच्याएर मात्र अगाडि बढाउन सकिन्छ भन्ने कुरा भएको हो।

“”त्यसबारे अमेरिका र एमसीसीसँग वार्ता गरेर के कति संशोधन गर्ने भन्ने कुरा नगर्ने अनि सभामुखलाई मात्र दोष दिएर के अर्थ?”

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने “अहिलेसम्म एक दिन पनि कार्यव्यवस्था परामर्श समितिमा सत्तासीन दलका कुनै पनि सदस्यले यस विषयमा कुरा नउठाएको” बीबीसीलाई बताए।



सम्बन्धित
Loading...