मुम्बईलाई ६ विकेटले हराउँदै दिल्ली विजयी

53












आइपीएलमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा मंगलबार राति साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो। मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।


दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए। स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे। कप्तान ऋषव पन्त र पृथ्वी श समान ७/७ रन जोड्दा आउट भए। शिम्रन हिटमेयरले अविजित १४ रन बनाए।

मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए। इशान किशनले २६ रन जोड्दा सूर्यकुमार यादवले २४ रन बनाए। जयन्त यादवले २३ रन बनाए। दिल्लीका अमित मिश्राले ४ विकेट लिए। आभेस खानले २ विकेट लिए। जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ। मुम्बईको यो दोस्रो हार हो। मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ।



You might also like
Loading...