जिल्ला खेलकुदका पदाधिकारीहरुको सपथ ग्रहण, नवलपुरको खेलकुद समितिमा पुन

216












गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेशलाई खेलकुदको अग्रणी प्रदेशको रुपमा स्थापित गराउने बताएकी छन् । उनले नवगठित प्रदेश खेलकूद परिषद र जिल्ला खेलकुदको नेतृत्व आगामी दिनमा प्रदेशको खेलकुदको ​बृहत्तर विकासका लागि सफल हुने विश्वास व्यक्त गरेकी हुन् ।


मन्त्रालयमा बिहिबार आयोजित गण्डकी प्रदेश खेलकूद परिषदका सदस्यहरु र जिल्ला खेलकूद विकास समितिका पदाधिकारीलाई मनोनयन पत्र वितरण समारोहमा बोल्दै मन्त्री पुनले प्रदेशको समग्र खेलकुदको विकास तीव्ररूपमा अगाडी बढ्ने बताएकी हुन् ।

प्रदेश खेलकुदको अध्यक्ष समेत रहेकी मन्त्री पुनले प्रदेश सरकारले अगाडी सारेका दुई महत्वपूर्ण परियोजना मध्ये हाई अल्टिच्युट रंगशालाको निर्माण र गल्फ कोर्सका लागि खेलकूद परिषदले पूर्णता दिनेमा आफू विश्वस्त रहेको बताइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले प्रदेशलाई समृद्ध बनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेलकुदको निकासका लागि नवगठित खेलकूद परिषदले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

गण्डकी खेलकूद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले गण्डकी प्रदेश खेल क्षेत्रकै अग्रणी प्रदेश भएको बताउदै सवैलाई समेटेर खेलकुद विकासमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकूद र जिल्ला खेलकुदलाई पूर्णता दिए सँगै अव प्रदेश खेलकूद चलायमान हुने अपेक्षा गरिएको छ ।

यसैबीच जिल्ला खेलकुद विकास समिति नवलपुरको अध्यक्षमा सेतबहादुर पुन नियुक्त भएका छन्।



You might also like
Loading...