लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त, विवाद बढ्दै




बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।



सम्बन्धित
Loading...