गण्डकीमा गोलमाल : ५० को दशककै संसदीय विकृतिको झल्को !




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभा बैठकमा पेश गरिएको अविश्वास प्रस्तावमाथि छलफल भइरहँदा बुधबार राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको चर्चा चल्यो । अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको जनमोर्चाका तीनमध्ये एक सांसद बुधबार प्रदेशसभा बैठकमै पुगेनन् ।

कुल ६० सदस्यीय प्रदेशसभामा अविश्वास प्रस्ताव पारित गर्नका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २७ सांसदमात्र छन् । त्यसैले, अन्य दलको समर्थनविना एमाले नेतृत्वको सरकारले निरन्तरता नपाउने निश्चित छ ।




तर, प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल मिलेर मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने लगभग निश्चित भइसकेको थियो । यी चार दल मिल्दा प्रदेशसभामा पूर्ण बहुमत अर्थात ३१ सांसद जुट्छन् ।

तर, यसमा एक सांसद मात्र कमी भएको अवस्थामा अविश्वास प्रस्ताव पारित हुन सक्दैन । अर्थात्, एक जनामात्र सांसद कम भए अविश्वास प्रस्ताव विफल हुन्छ ।

बुधबार प्रदेशसभा बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमबहादुर शाहीको अत्तोपत्तो रहेन । बेलुकामात्र थाहा भयो, उनी अस्पताल भर्ना भएका रहेछन् । अघिल्लो दिन प्रदेशसभामा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनी भोलिपल्टै अर्को ठाउँमा गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएकोे भन्दै अस्पताल भर्ना भएका थिए ।



सम्बन्धित
Loading...