क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ ।
तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । अष्ट्रेलियाका प्रशिक्षक वाटमोरको परिवार श्रीलंकामै छन् ।