हुप्सेकोटका राजनैतिक दलहरुद्धारा संसद विघटनको विरोध




कोभिड १९ महामारीको संक्रमणकालिन अवस्थामा नाटकीय ढंगले मध्यावधि चुनावको घोषणा गर्ने कदम राष्ट्र हितमा नभएको भन्दै हुप्सेकोट गाउपालिकामा क्रियाशिल राजनीतिक दलहरुले भत्सना गरेका छन् ।

जनता कोरोना संक्रमणले पिडित भइ रहेको अवस्थामा प्रधानमन्त्रीको उक्साहटमा लागेर राष्ट्रपतिले पटक पटक संसद विघटन गर्ने र निर्वाचनको नाटक मञ्चन गर्ने परिपाटि सिंगो संविधानलाई धरापमा पार्ने उद्धेश्य रहेको भन्दै हुप्सेकोट गाउपालिकामा कृयाशिल रहेका छ वटा राजनैतिक दलले सयुक्त विज्ञप्ति मार्फत विरोध गरेका हुन् ।




नेकपा एमाले हुप्सेकोट सह संयोजक झविलाल राना, नेपाली काग्रेस हुप्सेकोट सभापति ओमन सिंह रझाली , नेकपा माओवादी केन्द्र हुप्सेकोट अध्यक्ष्ँ चन्द्रबहादुर गाहा , जनता समाजवादी पार्टि हुप्सेकोट अध्यक्ष पिताम्बर कोइराला , राष्ट्रिय जनमोर्चा हुप्सेकोट अध्यक्ष्ँ मानबहादुर लामा , देश भक्त जनगणतान्त्रीक मोर्चा हुप्सेकोट अध्यक्ष टिकाराम काफ्ले द्धारा हस्ताक्षरीत विज्ञप्तिमा पछिल्लो कदमको विरोध गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक संसद विघटन गरी निर्वाचन घोषणा गर्नु, राष्ट्र एकाधिकारवाद र निरंकुश, शैलीमा सरकार सञ्चालन गर्नुले लोकतन्त्र संघीय गणतन्त्रमा ठुलो धक्का पुगेको विज्ञप्तीमा ठहर गरिएको छ ।

नेपालको संविधानको धारा ७८ को उपधार ४ बमोजिम लिनुपर्ने विश्वासको मतबाट असफल भई , सोही धाराको उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिवाट आव्हान हुदा नेपाली काग्रेसको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर सहित दावी पेश गरीसकेको परिपेक्ष्यमा संविधानको मर्मविपरीत मध्यरातमा चुनाव घोषणा, संसद विघटन गर्नु गराउनु राष्ट्रको लागि धोका भएको उल्लेख गरिएको छ ।

लोकतन्त्र र संवैधानिक सर्वोच्चताको लागि सवै एक भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र वलिदानवाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघिय लोकतान्त्रिक गणतन्त्र,समावेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितका लागि दृढतापुर्वक लोकतन्त्रप्रेमी सवै राजनैतिक दल,नागरिक समाज लगायत सवैमा यस्तो निन्दनीय कार्यको र संविधान रक्षाको लागि अगाडी वढन विज्ञप्ती मार्फत सयुक्त अपिल गरिएको छ ।

https://youtu.be/cp1x3kp3v3k



सम्बन्धित
Loading...