नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल
विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले ३ ० को अग्रता बनाएको छ । मध्यान्तर अघि १ ० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो । जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे भने तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए ।