देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जाँदैः त्रिपाठी


हरि शर्मा –
परासीः पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले देश राजनीतिक नेतृत्वको कब्जाबाट बाहिर जान थालेको टिप्पणी गरेका छन् ।



स्वास्थ्यमन्त्रीबाट पदमुक्त भए पश्चात आइतबार गृहजिल्ला नवलपरासी आएका पूर्वमन्त्री त्रिपाठीले दलहरुबीच देखिएको विभाजन र शत्रुतापूर्ण व्यवहारले संविधान समाप्त हुने अवस्थामा जानु देशकै लागि खतरा भएको त्रिपाठीको भनाईछ ।

राजनीतिक घटनाक्रमको विषय अदालतमा पुग्नु भनेको शुभ संकेत नभएको भन्दै उनले राजनीतिक दल र नेतृत्वको असफलताले संविधान समाप्त हुने अवस्थामा पुगेको उनको भनाई छ । चुनाव र विघटित प्रतिनिधिसभा पुनस्र्थापनाले मात्र संविधान जोगिने उनले बताए । त्रिपाठीले घुमाउरो पारामा संविधानको रक्षाका लागि अहिले संसद् पुनस्र्थापना हुनु पर्नेमा संकेत गरे ।




आफ्नो नयाँ दलप्रति नेता त्रिपाठीले त्यसका पूर्वराजदुत, पूर्वसचिव र अर्थशास्त्रीहरुले मस्यौदा तयार गरिरहेको बताए । २÷३ महिनाभित्र मस्यौदा तयार हुने र त्यसपछि पूर्व, पश्चिम र काठमाण्डौंमा भेला गरेर दल घोषणा गर्ने त्रिपाठीले बताए ।

 



सम्बन्धित
Loading...